झापाली आवाज

संविधान दिवसमा एमालेले रातो र चन्द्र सूर्यसँग सेल्फी कार्यक्रम

काठमाडौँ । नेकपा एमालेले यसवर्षको संविधान दिवसको अवसरमा ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज सोमबार भिडियो सन्देश जारी गर्दै जनस्तरमा संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रमका लागि काठमाडौंको नारायण चौरमा बुधबार बिहान ७ बजे उपस्थितिका लागि आह्वान पनि गर्नुभएको छ ।

‘हाम्रो हक संविधानमा लेखिएको दिन असोज ३ को मर्निङ वाक नेसनल वाक गरौं । सेल्फी विथ नेसनल फ्ल्यागका लागि असोज ३ गते नारायणचौर आउनु होला’ ओलीले भन्नुभएको छ, ‘संविधान दिवसलाई जनस्तरबाटै भव्यस्तरमा मनाऔं।’

अघिल्लो वर्ष एमालेले संविधान दिवसको अवसरमा २०७९ असोज १ गते नै मर्निङ वाक गर्दै आमनिर्वाचनको अभियान सुरु गरेको थियो । त्यस समयमा पनि मर्निङ वाक आयोजना गरिेएको थियो ।

Scroll to Top