झापाली आवाज

वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहन आग्रह गर्नुभएको छ ।

आज बिहान सामाजिक सञ्जालमार्फत उहाँले बाढी पहिरोबाट सतर्क रहन देशबासीलाई आग्रह गर्नु भएको हो ।

अध्यक्ष ओलीले लेख्नुभएको छ, आज देशका धेरैजसो ठाउँमा अविरल वर्षा भइरहेको खबर छ । सोसियल मिडिया हेर्‍यो कि बाढी, पहिरो र पानीको सतह बढेका विभिन्न ठाउँका तस्बिर रभिडिओहरु धेरै आइरहेका छन् । वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहौं !’

आज देशका विभिन्न भू भागमा भारी वर्षा भइरहेको छ । जसले गर्दा देशका अधिकांश नदी र खोलामा बाढीको जोखिम रहेको छ । देशका अधिकांश स्थानमा पहिरो जाँदा सडकहरु अवरुद्ध भएका छन् ।

Scroll to Top