झापाली आवाज

‘बेइमान दुईपटक मर्छ, एकपटक इमान छोडेको बेला र अर्को सास गएको बेला’ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेइमानहरु दुईपटक मर्ने बताउनु भएको छ ।

नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको बैठकलाई साउन १५ गते सोमबार सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

‘बेइमानहरु एकपटक इमान छोडेको बेला मर्छन् अर्को पटक सास गएको बेला मर्छन्’ अध्यक्ष ओलीको भनाई छ । अध्यक्ष ओलीले कतिपय मिडियाहरु झुट उत्पादन गर्ने कम्पनीको रुपमा रहेको पनि बताउनु भएको छ ।

‘कतिपय मिडिया झुट उत्पादन गर्ने कम्पनीको रुपमा छन्’ अध्यक्ष ओलीले भन्नुभयो ‘एमालेका कार्यकर्ताले त्यसलाई टुलुटुलु हेरेर बस्ने होइन प्रतिवाद गर्ने हो ।’ अध्यक्ष ओलीले मिडियामा लैजानका लागि खास विषयवस्तु आवश्यक पर्ने पनि बताउनु भएको छ ।

‘एमालेका पत्रकारहरु, एमालेका लेखकहरुले लेखेका समाचार, विचार छापौं छापौं लाग्ने, पढौं पढौं लाग्ने हुनु पर्दछ’ ओलीले भन्नुभयो ‘यसो भएपछि एमालेका विचार सिद्धान्त कार्यक्रम सजिलै जनतासम्म पुग्दछन् । यसमा प्रचार विभागका सदस्यहरु आफ्नो दक्षता र विज्ञता देखाउनु पर्दछ ।’

एमालेका सबै विभागहरुले अहिले व्यवस्थित र योजनाबद्ध ढंगले काम गरिरहेको अध्यक्ष ओलीको भनाइ छ । अध्यक्ष ओलीले सुन तस्करी सरकारकै वरीपरी घुमिरहेको पनि बताउनु भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top