झापा । नेकपा एमाले झापा जिल्ला कमिटीका सदस्य तथा अनेम संघका जिल्ला नेतृ द्रौपणी गणेशको आमा बावनीदेवीको निधनका शोक व्यक्त गर्न पार्टी परिवार शनिबार झापा बजार गएको छ ।
पार्टी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेम गिरीको नेतृत्वमा सचिव शिव ढुंगेलसहित गणेश निवास झापा बजार गएको हो । स्वर्गीय बावनीदेवीको निधन भएको १०औं दिनमा परिवारजनसँग भेटेर स्वर्गीय आमाको आत्माको चीर शान्तिको कामना गर्दै एमालेले परिवारजनमा समवेदना प्रकट गरेको हो ।
पार्टी केन्द्रीय लेखा आयोगका सदस्य जसमाया गजमेरले समवेदनाका भावहरु व्यक्त गर्दै आमाले देखाउनु भएको असल बाटोमा लाग्न परिवारजनलाई आग्रह गर्दै शोकलाई शहन गर्ने शक्ति मिलोस् भनी कामना गर्नुभयो ।
सोही श्रद्धाञ्जली सभामा अखिल नेपाल महिला संघ झापा जिल्ला कमिटीले पनि स्वर्गीय बावनीदेवी गणेशप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
अनेम संघ झापाका अध्यक्ष पवित्रा पाठक नेतृत्वको अनेम संघको टोलीमा केन्द्रीय सचिवालय सदस्य सुमित्रा भण्डारीसहित जिल्ला नेतृहरु सहभागी हुनुहुन्थ्यो ।
यस्तै सो अवसरमा नेकपा एमाले झापा गाउँपालिका कमिटीले पनि परिवारजनमा समवेदना पत्र अर्पण गरेको थियो ।
यसैबीच, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे आफैं उपस्थित भएर स्वर्गीय बावनीदेवीको आत्मको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
शनिबार साँझ गणेश निवास झापा बजार पुगेर कोशी प्रदेशका सांसद लख्खीदेवी गणेशसमेतका माता बावनीदेवीको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै एमाले नेतृ द्रौपदीसहित परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।