भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापा क्षेत्र नम्बर ३ (१) प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले एक दिवसीय बन्द प्रशिक्षण शिविर शनिबार सम्पन्न गरेको छ ।
नेकपा (एमाले) झापा क्षेत्र नम्बर ३ (१) निर्वाचन क्षेत्र स्तरीय बन्द प्रशिक्षण शनिबार भद्रपुर वडा नम्बर १ सोमबारेमा सम्पन्न भएको हो ।
क्षेत्रीय समन्वय कमिटीका संयोजक तथा जिल्ला कमिटी सदस्य कालीचरण बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज रोमनाथ ओलीले पार्टी कार्यकर्ता र जनप्रतिनिधिको अनुगमन तथा लेनिनवादी संगठनात्मक सिद्धान्तका बारेमा प्रशिक्षण गर्नु भएको थियो ।
त्यसैगरी, केन्द्रीय सदस्य तथा भद्रपुर नगर इञ्चार्ज सुनिता बरालले पार्टी कार्यकर्ता र जनप्रतिनिधिको भूमिका र समन्वयका बारेमा सहजिकरण गर्नु भयो ।
भद्रपुर नगरपालिका र केचनकवल गाउँ पालिकाका १०० हाराहारी कार्यकर्ताको उपस्थितिमा जनप्रतिनिधिले स्थानीय तहमा गर्नुपर्ने काम र अधिकार क्षेत्रका बारेमा अधिवक्ता हेमकला कट्टेलले सहजिकरण गर्नु भएको थियो ।
सो बन्द प्रशिक्षणमा आन्तरिक विश्लेषणको बारेमा प्रकाश पार्दै पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीले पार्टी कार्यकर्ताले आफ्नो र पार्टीको विश्लेषण गर्दै आफ्नो अगाडिको बाटो तय गर्ने विषयमा प्रकाश पार्नु भएको थियो ।
नेकपा (एमाले) केन्द्रीय सदस्य हरिबहादुर राजवंशी, कोशी प्रदेशका सचिवालय सदस्य बसन्त बानियाँ, प्रदेश कमिटी सदस्य शिवकुमार राजभण्डारी, सल्लाहकार माधव विद्रोही, जिल्ला उपसचिव अशारु राजवंशी, सदस्यहरु पुरुषेत्तम अधिकारी, नवराज भट्टराई, वासु बन, कौशिल्या अधिकारी लगायतको विशेष उपस्थितिमा बन्द प्रशिक्षण सञ्चालन गरिएको थियो ।
कार्यक्रमको औचित्यका बारेमा सभाध्यक्ष बस्नेतले प्रकाश पार्नुभएको थियो भने जिल्ला कमिटी सदस्य निर्मला पाण्डेले शाब्दिक स्वागत र जिल्ला कमिटी सदस्य रोशन लामाले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।