झापाली आवाज

डम्बर गिरीको अभिब्यक्ति सामाजिक सद्भाव खल्बल्याउने किसिमको

झापा । नेकपा (एमाले) कोशी प्रदेश कमिटीका सदस्य तथा जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेल माथि हल्दिबारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बरबहादुर गिरीले दिएको विभेदजन्य अभिव्यक्तिले नेपाली समाजको सद्भावलाई खलबल्याउन दुरुत्साहन गरेको नेकपा (एमाले) झापाले ठहर गरेको छ ।

जिल्ला कमिटीका सचिव तुलसी कार्कीको हस्ताक्षरमा आज जारी प्रेस विज्ञप्तिमा गिरीको अभिब्यक्तिले नेपालको संविधान, जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८को ठाडो उल्लंघन गरेको ठहर गरेको उल्लेख छ ।

‘कानुनी रुपमा वर्जित गरिएका उदण्ड र विध्वंस मचाउन खोज्ने उच्छृङ्खल गतिविधि साथै जातीय भेदभाव तथा छुवाछुतजन्य घटनाको नेकपा (एमाले) जिल्ला कमिटी झापा खेद व्यक्त गर्दछ’ विज्ञप्तिमा उल्लेख छ।

एमालेले दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारवाही गर्न सम्बन्धित पक्षसंग एमालेले जोडदार माग गरेको विज्ञप्तिमा जनाइएको छ ।

Scroll to Top