झापाली आवाज

‘कोशीका उपसभामुखलाई राजीनामा गराउने मर्यादाहीन काम गर्दैैनौं’ : हिक्मत कार्की

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उपसभामुखको राजीनामा नआउने बताउनु भएको छ। उहाँले नेकपा एमालेले आफूबाट ‘मर्यादाहीन काम नहुने’ स्पष्ट पार्नुभयो ।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वमुख्यमन्त्री समेत रहेका कार्कीले उपसभामुखलाई राजीनामा गगराउने बताउनु भएको हो ।

‘सत्ता पक्षले बहुमत संख्या पुर्या्उनकै लागि सभामुखलाई राजीनामा गराउने काम मर्यादित भएन,’ उहाँले भन्नुभएको छ, ‘हामी उपसभामुखलाई राजीनामा गराउने मर्यादाहीन काम गर्दैैनौं।’

‘आफूहरूले कांग्रेससँग मिलेर सरकार बनाउन प्रस्ताव गरेको तर ‘कांग्रेस हिजो असंवैधानिक रूपमा सभामुखलाई हस्ताक्षर गराएर सरकारमा गयो, आज सभामुखलाई राजीनामा गराएर सरकारमा जाँदैछ’ एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका नेता कार्कीको भनाई छ ।

एमाले र कांग्रेस मिलेर कोशी प्रदेशमा राजनीतिक तथा निकास दिनुपर्छ भन्ने आफूहरूको प्रस्ताव रहे पनि तत्काल एमालेसँग मिलेर समस्याको निकास दिने बाटोमा कांग्रेस रहेको पाइएन, उहाँले प्रष्ट पार्नुभएको छ । उहाँले केही समयपछि सच्चिएर कांग्रेस एमाले सँगसँगै अघि बढ्ने अवस्था बन्ने दावी गर्नुभयो ।

Scroll to Top