झापाली आवाज

कर्णाली प्रदेशको नेतृत्व चयन निर्वाचनबाटै

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पहिलो अधिवेशनले गुलावजंग शाहको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । पार्टीका पोलिटव्यूरो सदस्यसमेत रहेनु भएका शाह ३६९ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनु भएको हो ।

अध्यक्षका तीनजना प्रतिस्पर्धीमध्ये मीनबहादुर शाहीले २०७ मत पाउनु भयो भने प्रकाश रोकायले ४ मत प्राप्त गर्नुभयो ।

मतदानमा ६०४ मत खसेकोमा ५८० मत सदर भएको थियो र २४ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यसैगरी, उपाध्यक्षमा टेकराज पछाईले २४२ मत ल्याएर निर्वाचित हुनुभएको छ भने लालबहादुर महताराले १७६ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश कमिटी सचिवमा ध्रुबबहादुर शाही ४०६ मत प्राप्त गरी विजयी हुनुभयो भने निकटतम प्रतिस्पर्धी रूद्रबहादुर शाहीले १६९ मत ल्याउनुभयो ।

दुईजना उपसचिवमा रवीन्द्रराज शर्मा र रमेश बहादुर शाही निर्वाचित हुनुभएको छ ।

कर्णाली प्रदेशको लेखा समितिको अध्यक्षमा जितबहादुर मल्ल निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेश कमिटीको अधिवेशन असोज १० गते उद्घाटन समारोहसँगै शुरू भएको थियो ।

Scroll to Top