झापाली आवाज

एमाले झापा जिल्ला कमिटीमा को को ? हेर्नुस् निर्वाचन समितिले प्रकाशन गरेको नामावली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको ११औं जिल्ला अधिवेशनबाट निर्विरोध, सर्वसम्मत एवम् अध्यक्ष मण्डल र कार्यदलले छानेको १४९ सदस्यीय नयाँ कमिटीले बिहीबार सपथग्रहण गरेको छ ।

गत चैत १५ गते नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको ११औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व तय गरिएको हो ।

जिल्ला पार्टी कार्यालय बिर्तामोडमा भएको कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा पदाधिकारी, सदस्यहरु र लेखा समितिका पदाधिकारी सदस्यहरुले सपथग्रहण गर्नुभएको हो । निर्वाचन अधिृकत टंक दंगालले नयाँ कमिटीको सपथ गराउनु भएको हो ।

अधिवेशनबाट पाँच पदाधिकारी, १५ वटा पालिकाबाट ११०, जना र हलबाट खुला सदस्य १५ जना, आदिवासी जनजातिबाट ५ जना, दलितबाट ५ जना, अल्पसंख्यक मधेसीबाट ३ जना, मजदुरबाट ५ जना र अपाङ्गबाट १ जना गरी १४९ जनाको कमिटी घोषणा गरिएको छ । अब जिल्ला कमिटीले १० प्रतिशतलाई सदस्यमा मनोनित गर्ने प्रावधान छ ।

कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा पार्टीका नेताहरु हिक्मत कार्की, विशाल भट्टराई, देवेन्द्र दाहाल, रविन कोइराला, रोमनाथ ओली, जसमाया जगमेर, इन्द्र भण्डारी, मेनुका काफ्ले, जलवर्षा राजवंशी लगायतले मन्तव्य राख्नु भएको थियो ।

मन्तब्यका क्रममा अधिकांश नेताहरुले झापाले सर्वसम्मत गरेर देशव्यापी सकारात्मक सन्देश दिएको दावी गर्नुभएको छ । झापामा सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिएको नेताहरुको भनाई थियो ।

सपथग्रहण पछि नवनिर्वाचित अध्यक्ष प्रेमबहादुर गिरीले प्रतिवद्धता मन्तव्य राख्नु हुँदै जनताको आँत हास्ने गरी काम गर्न जिल्ला कमिटी जिम्मेवारपूर्वक लाग्ने विश्वास दिलाउनु भयो ।

को को चुनिनु भयो, हेरौं विवरण :    

 

Scroll to Top