पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशन नवराज शर्माको अध्यक्षतामा १६२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको छ ।
अधिवेशनले उपाध्यक्षमा मीनप्रसाद गुरुङ, सचिवमा धनञ्जय दवाडी तथा उपसचिवमा दामबहादुर विक र मञ्जु गुरुङलाई निर्वाचित गरेको छ ।
बिहीबार भएको मतदानमा कूल ९०७ जना प्रतिनिधिमध्ये ८९६ जनाले मतदान गर्नुभएको थियो ।