झापाली आवाज

एमालेले असोजभित्र प्रदेश अधिवेशन गर्ने, कुन प्रदेशको कहिले

काठमाडौं । नेकपा एमालेले असोज मसान्तभित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने भएको छ ।

आज सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको छ ।

जस अनुसार भदौ १६ र १७ गते लुम्बिनी, असोज ५ र ६ गते मधेश, असोज ८ र ९ गते बागमती प्रदेशको अधिवेशन तय भएको छ ।

त्यस्तै कर्णालीको अधिवेशन असोज १० र ११ गते, कोशीको असोज १२ र १३ गते, गण्डकीको असोज १५ र १६ गते, उपत्यका विशेष प्रदेशको असोज १९ र २० गते र सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते अधिवेशन तोकिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

‘‘असोज मसान्तभित्र सबै प्रदेश अधिवेशन सम्पन्न गर्नेछौं । यसले संगठनलाई मजबुत बनाउँछ’ उपमहासचिव ज्ञवालीले भन्नुभएको छ । प्रदेश अधिवेशनका लागि प्रतिनिधि पालिकास्तरबाट चयन हुने र कम्तीमा एक तिहाइ युवा सहभागी गराउने उपमहासचिव ज्ञवालीको भनाई छ ।

Scroll to Top